aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

यस्तो अडानले पुर्यायो आफताबलाई जेल

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ०२ कार्तिक २०७६
यस्तो अडानले पुर्यायो आफताबलाई जेल

काठमाडौँ। रौतहटको राजपुरमा १२ वर्षअघि भएको बम काण्डमा मारिएका छोराको श्रीनारायण सिंहले अहिलेसम्म काजकिरिया गरेका छैनन्। अब पनि न्याय नपाएसम्म काजकिरिया नगर्ने उनको अडान छ।

राजपुर बम काण्डमा उनका छोरा पिन्टु भनिने त्रिलोकप्रताप सिंह मारिएका थिए। ‘छोराको मृत्यु भएको थाहा छ तर कानुनले अहिलेसम्म लास देखाएको छैन। कसरी काजकिरिया गर्ने’ आँखाभरि आँसु पार्दै श्रीनारायणले भने, ‘छोरो मरेको हो भने न्याय पाउनुप-यो, जिउँदै छ भने देखाइदिनुप-यो।’

२०६४ चैत २७ गते साँझ बम विस्फोटमा छोरो मारिएको अनौपचारिक जानकारी प्राप्त भएको र आफूले १२ वर्षदेखि सर्वोच्च अदालतसम्म धाएर न्याय खोजिरहेको बताउँदै सिंहले अब भने न्याय पाउने र छोराको काजकिरिया गर्न पाउने आशा गरेका छन्।

‘बम काण्डका मुख्य अभियुक्त आफताब आलम पक्राउ परेकाले अदालतले न्याय दिने र मैले छोराको काजकिरिया गर्ने अवसर पाउने विश्वास छ।’ अरुलाई प्रभावित गर्न सक्ने पिन्टुको बोल्ने शैलीले गर्दा नेपाली कांगेसको प्रचारप्रसारमा सहभागी हुन भन्दै राजपुरका शेख भदईले चैत १८ गते घरबाटै बोलाएर लगेको सिंह अहिले पनि झल्झली सम्झन्छन्।


‘मेरो छोरा बम विस्फोटमा घाइतेमात्रै भएको थियो, मरेको थिएन। भारतको मोतिहारीमा उपचार गर्ने बहानामा छोरालाई बोरामा कोचेर इँटा बनाउने भट्टामा लगेर पोलेको सुनिन्छ।’ छोरालाई बोलाएर लैजाने शेख भदईलाई बारम्बार सम्पर्क गर्दा हुन नसकेपछि छोरालाई हत्या गरेर भट्टामा फालेको आफूलाई पनि विश्वास लागेको उनी बताउँछन्। यो समाचार आजको नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस