aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

मजदूरकाे लागि अहिले सरकारले चालेकाे कदम यस अघिकाे सरकारले कल्पनै गरेकाे थिएनः प्रम ओली

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १८ बैशाख २०७६
मजदूरकाे लागि अहिले सरकारले  चालेकाे कदम यस अघिकाे सरकारले कल्पनै गरेकाे थिएनः प्रम  ओली

१३० औ मजदुर दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा जस्ताे मजदूर-सरकार सुमधुर सम्बन्ध संसारको कमै ठाउँमा पाइने बताए । मजदुरबाट एकताको आधार खोज्नुपर्ने जनाउदै आजको मजदुर आन्दोलन सफल हुँदै गइरहेको भन्दै उनले मजदूरको रगत र पसिना खेर नगएको बताए । मध्यमवर्गिय चिन्तनबाट देश अघि बढेको भन्दै उनले समाजवाद उन्मुख लोकतन्त्रको आधार अनुसार सरकार अघि बढेको बताए । 

मजदुर प्रति यति माया यो भन्दा पहिलाको सरकारले  कल्पना समेत नगरेको बताए । आज मजदुरहरु एकजुट भएर उत्सव मनाइरहेको भन्दै उनले सबै दल एकजुट भएर सरकारलाई सहयोग गर्नुपर्ने बताए ।प्रधानमन्त्री केपी शर्मा ओलीलीले मजदुरबाट एकताको आधार खोज्नुपर्ने र आजको मजदुर आन्दोलन सफल हुँदै गइरहेको भन्दै उनले मजदुरको रगत र पसिना खेर नगएको समेत बताए । मध्यमवर्गिय चिन्तनबाट देश अघि बढेको भन्दै समाजवाद उन्मुख लोकतन्त्रको आधारअनुसार सरकार अघि बढेको बताए । 

देशले शान्ति र विकास चाहेको भन्दै प्रधानमन्त्री ओलीलीले नयाँ संरचनामा देखिएका समस्या समाधान गर्दै अघि बढ्नुपर्ने बताए । नचाहिने र अनावश्यक कुरामा नअल्झिइकन देशमा उद्योग र कृषिको विकासमा अघि बढ्न आग्रह गरे । 

अहिलेको सरकारले गरेको काम विगतको सरकारले कल्पना समेत गरेको थिएन ।  न्यूनतम ज्याला र १०० दिनको बेरोजगारी भत्ता दिने व्यवस्था अरु कसैले गर्न नसकेको दाबी गरे । देशले सुशासन र विकास खोजेको छ । देशमा अब हत्या-हिंसा हत्या स्वकार हुदैन शान्ति मात्र स्वकार हुने बताए । 

कार्यक्रममा श्रममन्त्री गोकर्ण विष्टले विगतका श्रमजिवी मजदुरले ८ घण्टा काम,८ घण्टा आराम र ८ मनोरञ्जन गर्नु पर्ने समयमा नेपालीहरुले ८ घण्टा चिन्तामा बिताउनु परेको बताए ।  उनले अब सरकार त्यो समस्या  समस्या समाधानमा लागेको बताए । सरकारले अघि बढाएको श्रमजीवी मजदुरका लागि न्यूनतम पारिश्रमिक र बेरोजगारी भत्ताको व्यवस्था गरेकाले अब चिन्तामा ८ घण्टा बिताउनु पर्ने अवस्था अन्त्य भएको बताए ।

एक हप्ताभित्र १ लाख ५० हजार जनशक्तिलाई रोजगारीको कार्यक्रम अघि बढ्ने, आगामी आवमा थप ९० हजारलाई रोजगारी दिइने र आगामी ५ वर्षभित्र बाध्यताले वैदेशिक रोजगारीमा विदेश जान नपर्ने वातावरण सिर्जना गर्ने प्रतिबद्धता व्यक्त गरे ।
 

प्रतिक्रिया दिनुहोस