aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

'आरबीबी मोबाइल बैकिङ महामेला'को सुवाल बने मेगा विजयी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०३ कार्तिक २०७६
'आरबीबी मोबाइल बैकिङ महामेला'को सुवाल बने मेगा विजयी

काठमाडौं । आरबीबी मोबाइल बैकिङ महामेलाको मेगा विजयी कैलाश सुवाल भएका छन् । राष्ट्रिय वाणिज्य बैंकले दशैं, तिहार तथा छठ जस्ता ठूला चाडवाडलाई लक्षित गर्दै देशैभरी मोवाइल बैंकिङ स्टलहरु सञ्चालन गरेकोमा भाग्यशाली एक ग्राहकमा सुवाल लक्की ड्रमा छानिएका हुन् । सुवालले कपलसहित ५ दिने थाईल्याण्ड टुर प्याकेज पाएका छन् ।

भाद्र १८ देखि असोज ३० सम्म सञ्चालित यस मोबाइल बैंकिङ कारोबारमा सुवालसहित अन्य ५ जना समेत पुरस्कृत भएका छन् । त्यस्तै पाँच जना स्मार्ट मोबाइल फोन पाउनु भएको छ ।

विजय हुनेमा भद्रपूरका सनम राई, दिपायलका ध्रुव कुमार शाही, ठमेलका प्रकाश वोहरा, वानेश्वरकी हिरा खनाल पोखरेल र सन्धिखर्कका सुजन पराजुली रहेका छन् । उक्त आरबीबी मोबाइल बैंकिङ कार्यक्रममा देशैभरबाट करिब ७० हजार सेवाग्राहीले अवलोकन गरका थिए । 

विजेताहरुलाई पुरस्कार वितरण गर्दै आरबीबीले युवा लक्षित कार्यक्रम अन्तरगत मोबाइल बैंकिङ विग मेला कार्यक्रम जस्तै अन्य कार्यक्रमहरु समेत अबका दिनहरुमा अझ सशक्त रुपमा अघि बढाइने जनाएको छ । 
 

प्रतिक्रिया दिनुहोस