aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

जिग्री र पाँडे विरुद्ध मुद्धा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०३ कार्तिक २०७६
जिग्री र पाँडे विरुद्ध मुद्धा

काठमाडाैं । नेपाल टेलिभिजनबाट प्रशारण भइरहेको हास्य टेलिश्रृंखला सक्किगोनीको टिमविरुद्ध मिडिया हबले प्रहरीमा कपिराइटको उजुरी गरेको छ । यस विषयमा छलफल गर्न प्रहरीले अर्जुन घिमिरे पाँडे र कुमार कट्टेल जिग्रीको समूहलाई हानगरीय प्रहरी परिसर टेकुमा बोलाएको छ ।

आफ्ना क्यारेक्टरहरु नक्कल गरेको भनेर कपिराइटको उजुरी परेकाे जनाएकाे छ ।

मिडिया हबका प्रमुख सोमप्रसाद धितालले आफ्नो टेलिश्रृंखला ‘भद्रगोल’ का चरित्रहरु अर्को टेलिश्रृंखलामा प्रयोग गर्दा आफूहरुलाई अप्ठेरो परेकोले उजुरी गरेको बताउँछन् ।

उनले भने 'जिग्री, पाँडे, बले कक्रोच, सितेबा जस्ता दर्जनौं, क्यारेक्टरहरु मिडिया हबका उत्पादन हुन्, तिनीहरुलाई स्थापित गराउन हामीले लगानी गरेका छौं । त्यसैले ती क्यारेक्टरमा हाम्रो हक लाग्छ ।’

‘हाम्रा क्यारेक्टरहरु प्रयोग गर्न रोकियोस भन्ने मात्र हाम्रो माग हो । आर्थिक क्षतिपूर्तिको अहिले कुरा गरेका छैनौं,’ धितालले थपे ।

प्रतिक्रिया दिनुहोस