
चितवन । भरतपुरस्थित चितवन मेडिकल कलेजमा उपचारको क्रममा बिरामीको निधन भएपछि तनावग्रस्त बनेको छ । नवलपुरको मध्यविन्दु नगरपालिका–९ चोरमारा वसन्तपुरकी आशा ज्ञवालीको पिनासकाे सल्यक्रिया पश्चात उपचारको क्रममा अस्पतालमा निधन भएको थियाे ।
मृतकका श्रीमान टुकनारायण ज्ञवालीका अनुसार शल्यक्रियापछि आशाको अवस्था बिग्रदै गयो र शनिबार दिउँसो चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
उपचारमा अस्पतालबाट लापरवाही भएको भन्दै आइतबार दिउँसोबाट अस्पतालको अगाडी विरोध प्रदर्शन गरेका थिए। आफन्त र अस्पताल प्रशासनबीच वार्ता भइरहेको थियो।
कुरा नमिलेपछि बिरामीका आफन्तहरु प्रदर्शनमा उत्रिएका हुन । २०० जनाको संख्यामा भेला भएका मृतकका आफन्तले ढुङगा मुडा गरी अस्पतालको झ्यालको सिसाहरु फुटाएक थिए । सोही क्रममा प्रहरीतर्फ ५ जना सामान्य घाईते भएका छन् । ढुङगा मुडा गर्ने १२ जनालाई नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया दिनुहोस