aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

जनगणनाका लागि ५४ हजार कर्मचारी करारमा नियुक्ति गरिँदै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०४ कार्तिक २०७६
जनगणनाका लागि ५४ हजार कर्मचारी करारमा नियुक्ति गरिँदै

काठमाडौं । राष्ट्रिय जनगणना २०७८ का लागि ५४ हजार कर्मचारी परिचालन गरिने भएको छ । केन्द्रीय तथ्यांक विभागका अनुसार जनगणनाका लागि करारमा कर्मचारी नियुक्ति गरिनेछ । 

जनगणनाको विधि कर्मचारी घरघरमा पुगी तथ्यांक संकलन नै हुने विभागले जानकारी दिएको छ । गाकले परिवारको सदस्यलाई भेटी पेशा, धर्म, लिंग, शैक्षिक अवस्था जस्ता विषयमा प्रश्न सोध्नेछन् । जनगणनाबाट गरीबीको दर र बेरोजगारीको स्थितिजस्ता विषयको तथ्यांक संकलन हुनेछ। 

अस्थायी बसोबास गर्ने नागरिकको हकमा देशभित्र रहे गणकहरूमार्फत नै हुनेछ भने देशबाहिर रहे सम्बन्धित दूतावासमा जनगणक प्रतिनिधि खटाउने विभागको तयारी भएको विभागका महानिर्देशक नवीनलाल श्रेष्ठ जानकारी दिए। 

समलिंगी र धर्म नै नमान्ने वर्गहरूको समेत जनगणनामा समावेश गर्नेबारे छलफल भइरहे पनि निचोडमा पुग्न नसकिएको उनको भनाइ छ। यो समाचार आजको अर्थिक अभियान दैनिकमा प्रकाशित छ ।
 

प्रतिक्रिया दिनुहोस