काठमाडौं । साझा यातायातको ३०० ओटा विद्युतीय बस किन्ने प्रक्रिया हालका लागि अवरुद्ध हुनपुगेको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले तत्कालका लागि किन्ने प्रक्रिया रोक्न पत्र पठाएपछि १ महीनादेखि विद्युतीय बस किन्ने प्रक्रिया रोकिन पुगेको छ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गत असोज १ गते नै बस किन्ने प्रक्रिया रोक्न साझालाई पत्र पठाएको हो। यसबीचमा साझाले किन्ने प्रक्रिया अघि बढाउन सरकारलाई पत्र लेखे पनि सरकारले कुनै निर्णय गरेको छैन ।
मन्त्रालयका अनुसार सरकारले विद्युतीय बसको मापदण्ड बनाई साझालाई दिएकोमा साझाले उक्त मापदण्ड फेरेर किन्ने प्रक्रिया अघि बढाउन खोजेपछि किन्ने प्रक्रिया रोक्न निर्देशन दिइएको हो । यो समाचार आजको अर्थिक अभियान दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस