aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

अब बैंकिङ क्षेत्रमा पनि एआई सेवा सुरु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०४ कार्तिक २०७६
अब बैंकिङ क्षेत्रमा पनि एआई सेवा सुरु

काठमाडौं । लगातार ह्याकरको निसानामा पर्दै आएका मुलुकका बैंक तथा वित्तीय संस्थामा जोखिम व्यवस्थापन गर्न नयाँ प्रविधिको सुरुवात भएको छ।

शुक्रबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी अमेरिकी कम्पनी सिथोसले मुलुकका बैंकिङ क्षेत्रलाई लक्षित गरेर आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सेवा सञ्चालन गर्ने जानकारी दिएको हो।

सो अवसरमा सिथोसका अध्यक्ष खगेन्द्र जिसीले हाल प्रविधि अभावमा बैंक तथा वित्तीय संस्थाको काम सुस्त र अपारदर्शी नभएकाले हामीले एआई नेपालमा सुरु गरेको हो। उनले भने, ‘यो प्रविधिको सहयोगले मुलुकको बैंकिङ प्रणालीमा जोखिम व्यवस्थापन, ग्राहकको पहिचान, कर्जा मूल्यांकन लगायतमा सहयोग पुग्छ।’

यो प्रणालीको प्रयोग गर्दा औठा छाप, आवाज, तस्बिर, सन्देश, फोनमार्फत सम्बन्धित व्यक्तिको पहिचान हुने भएकाले बैंकिङ कारोबार सहज हुने उनले बताए । यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।
 

प्रतिक्रिया दिनुहोस