aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

ज्योतिष हुँ भन्दै, बालिका अपहरण गरि भाग्दै गर्ने प्रहरी फन्दामा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०४ कार्तिक २०७६
ज्योतिष हुँ भन्दै, बालिका अपहरण  गरि भाग्दै गर्ने प्रहरी फन्दामा

बागलुङ । बुटवल घर बताउने ज्योतिष हुँ भन्दै गाउँगाउँ ग्रहदशा हेर्ने भनी हिँड्दै गरेका एक अपरिचित व्यक्ति बालिका अपहरण गरेर भाग्दै गर्दा प्रहरीले प्रकाउ गरेको छ ।

निसीखोला गाउँपालिका वडा नंं. २ वायखोला खाडु बस्ने लोकबहादुर कुवँरकी १० बर्षिया छोरी मिनाक्षी कुवँरलाई घरदेखिनै विभिन्न प्रलोभनमा पारी बुर्तिबाङतर्फ ल्याउँदै गरेको अवस्थामा स्थानीयले घटनाको बारेमा थाहा पाएपछि झिवाखोला प्रहरी र इलाका प्रहरी कार्यालय बुर्तिबाङलाई खबर गरेका थिए ।

बालिकालाई उद्धार गर्नुका साथै बालिका अपहरण गर्ने व्यक्तिलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ । बाबा आमा काममा गएको मौका पारी सोमबार दिउसो साढे १२ बजेको समयमा घरमै एक्लै खेल्दै गरेकी ती बालिकालाई कपडा किनीदिने र एक हजार रुपयाँ समेत दिने प्रलोभनमा निज व्यक्तिले अपहरण गरेको बालिकाको भनाई रहेको छ ।

घरदेखि एक किलोमिटर टाढा बस्ति नभएको क्षेत्रतर्फ बालिकालाई कथित ज्योतिषीले लैजाँदै गर्दा प्रहरीले प्रकाउ गरेको प्रत्यक्षदर्शीले बताए । घटनाको बिषयमा निज व्यक्तिलाई आफुहरुले पक्राउ गरीसकिएको र अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख सुरज खड्काले बताएका छन् ।

देशका विभिन्न स्थानमा अपरिचित व्यक्तिले बच्चा अपहरण गर्ने घटना बढ्दै गएको छ । प्रहरीले ज्यातिषलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिहेको छ ।

प्रतिक्रिया दिनुहोस