aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

ट्रिपरकाे ठक्करले एक मुत्यु, एक गम्भिर घाइते

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०४ कार्तिक २०७६
ट्रिपरकाे ठक्करले एक मुत्यु, एक गम्भिर घाइते

परासी । नवलपरासी पश्चिममा टिपरको ठक्करबाट एकजनाको घटनास्थलमै मुत्यु भएको छ भने एक गम्भिर घाइते भएका छन् ।

 भैरहवा—भुमही सडक खण्डमा सोमबार  दिउँसो  टिपर र मोटरसाईकल एकआपसमा ठोक्किँदा मोटरसाईकल चालक रामग्राम १८ बस्ने ३० वर्षीय लक्ष्मण चौधरीको घटनास्थलमै मुत्यु भएको हो । रामग्राम १८ कै  ३२ वर्षीय बलिराम चौधरी गम्भीर घाइते भएको प्रहरीले जानएको छ । 

गम्भिर घाईते चौधरीको उपचार पृथ्वीचन्द्र अस्पताल परासीमा हुन नसकेपछि थप उपचारको लागि भैरहवा पठाइएको जिल्ला प्रहरी कार्यालय डिएपी वीरेन्द्र थापाले जानकारी दिए ।

भैरहवाबाट भुमहीतर्फ आउँदै गरेको लु १ख ५६५८ नम्बरको ट्रिपर र बिपरित दिशाबाट जाँदै गरेको लु ३२ प ७५७९ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको  जनाइएको छ  । ठक्कर दिने ट्रिपर र चालक प्रहरी नियन्त्रणमा रहेको डिएसपी थापाले बताए ।

प्रतिक्रिया दिनुहोस