एजेन्सी । भारतको सरकारी विमान कम्पनी एअर इण्डिया लिलामी हुने भएको छ । सरकारी विमान कम्पनीको १०० प्रतिशत शेयर बेच्ने तयारी भइहेको भारतीय समाचार एजेन्सीहरुले समाचारमा उल्लेख गरेका छन् ।
आउँदो महिना विमान लिलामीको अनलाइनबाट आवेदन दिनेगरि तयारी भइरहेको समाचारमा जनाइएको छ । इण्डियन एअरलाइन्स अहिले ५८ हजार करोड ऋणमा ढुबेको छ । विमान कम्पनीलाई २०१८( १९ मा मात्र ८४०० करोड भारु घाटा भएको थियो ।
गत अगष्ट महिनामा मात्र इन्धनको मुल्य तिर्न नसकेका कारण एअर इण्डियाले भातरतका ६ विमान स्थलमा तेल दिन नै बन्द गरेका थिए । तेल कम्पनीहरुको मात्रै एअर इण्डियाले ५००० करोड बाँकी तिर्न रहेको छ ।
प्रतिक्रिया दिनुहोस