
काठमाडौँ । अर्थमन्त्री डा. युवराज खतिवडाले अन्तर्राष्ट्रिय वित्त निगमलाई नेपालको निजी क्षेत्र मार्फत जलविद्युतका अतिरिक्त पर्यटन, कृषि, सहरी पुर्वाधार लगायतका क्षेत्रमा समेतलगानी गर्न आग्रह गरेका छन् । विश्व बैंक समूह तथा अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त वार्षिक वैठकमा सहभागी हुन गएका उनले नेपाली प्रतिनिधिमण्डको अन्तर्राष्ट्रिय वित्त निगमका एसिया प्रशान्त क्षेत्र हेर्ने उपाध्यक्ष लगायतका उच्च पदाधिकारीहरुसंग भएको भेटमा नेपालको अर्थतन्त्रको संभावनावारे चर्चा गर्दै यस्तो प्रस्ताब गरेका हुन् ।
आर्थिक विकासमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण हुने बताउंदै निजी क्षेत्रलाई थप सवल तथा सक्षम र प्रभावकारी बनाउन लगानीका क्षेत्रहरुको विविधिकरण गर्नुपर्ने विषयमा उनले जोड दिएका थिए । सो छलफलमा उनले पूर्वाधार विकासको लागि मध्यम तथा दिर्घकालिन अवधिको वित्त परिचालन गर्ने विषयमा निगमको ध्यानाकर्षण समेत गराएका थिए ।
साथै, बैंकको ट्रेजरी हेर्ने उपाध्यक्ष लगायतको उच्च पदाधिकारीहरसंगको भेटमा उनले नेपालको पूंजी वजार सानो भएकाले यसको दायरा फराकिलो बनाउन आवस्यक भएको विषयमा जोड दिदै वचत र लगानी वीचको ठुलो अन्तर घटाउन विदेशी पूंजी परिचालन जरुरी रहेको जानकारी गराए । उनले दक्षिण एसियामा सडक सुरक्षा सम्बन्धी एक कार्यक्रममा मुख्य वक्ताको रुपमा सहभागिता जनाउदै सडक सुरक्षाका लागि सडक निर्माण भन्दा अगाडि अपनाउनुपर्ने डिजाइन तथा इन्जिनियरिङ्गपक्ष, सवारीसाधनकोभारवहन क्षमता, सडक प्रयोगकर्ताको ज्ञानकोस्तर,सवारीसाधनको परिक्षण र यातायात क्षेत्रको नियमनजस्ता विषयमा ध्यान पुर्याउनुपर्नेमा जोड दिएका थिए ।
अहिलेको विश्वव्यापी आर्थिक समस्या आर्थिक र मौद्रिकनीतिबाट मात्रै हल नहुने हुँदाअन्तराष्टिय तहमा अर्थराजनीतिक समझदारी आवश्यक रहेकोमा अर्थमन्त्रीले जोड दिएका छन्। सो क्रममा उनले व्रिटेनउड्स वाहिरका वहुपक्षीय संस्थाहरुसंग मिलेर काम गरेमा मात्र खुला व्यापार तथा लगानीमा देखिएका विद्यमान् समस्याहरु हलहुने उल्लेख गरे ।
प्रतिक्रिया दिनुहोस