aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

एकैदिनमै १० हजार जनाले चढे फेवातालको डुंगा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०५ कार्तिक २०७६
एकैदिनमै १० हजार जनाले चढे फेवातालको डुंगा

पोखरा ।  दशैं टीकाको अन्तिम दिन अर्थात् कोजाग्रात पूर्णिमाको अवसरमा आइतबार पोखराको फेवातालमा १० हजारभन्दा बढीले डुंगा सयर गरेका छन् ।

पर्यटकीय नगरी पोखराको फेवातालको बीच भागमा रहेको तालबाराही मन्दिरमा दर्श गर्न जानेहरु डुंगा सयर गरेर गएको हुनाले एकै दिनमा १० हजारभन्दा डुंगा व्यवसायी संगठनका अध्यक्ष बुद्धिबहादुर नेपालीले बताए ।

उनका अनुसार यस वर्षको दशैं पर्वको अवसरमा करिब २५ देखि ३० हजार जनाले डुंगा सयर गरेका छन् ।

उनले भने, 'यस वर्षको दशैं पर्वको अवसरमा पछिल्लो दुई दिन बाहेक अधिकांश दिनमा पानी परेर अघिल्ला वर्षको तुलनामा यस वर्ष केही कम पर्यटक तथा दर्शनार्थीह? तालबाराही मन्दिरमा दर्शन आएका हुन् ।' यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस