aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

भारतका बैंकमा हड्ताल, बचतकर्ता तनाबमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०५ कार्तिक २०७६
भारतका बैंकमा हड्ताल, बचतकर्ता तनाबमा

एजेन्सी । भारत सरकारले १० वटा सरकारी बैंकलाई मर्ज गरेर जम्मा ४ वटा मात्र बनाउने भनि गरेको निर्णयको बिरोध स्वरुप आज भारतका सबै बैंकका कर्मचारीले हड्ताल गरेका छन् । भारतका बैंकमा काम गर्ने कर्मचारीहरुको संगठन अल इन्डिया बैंक इम्प्लोइज एसोसिएसन (एआईबीईए) र बैंक इम्प्लोइज फेडरेसन अफ इन्डियाको अपिलमा आजको हड्ताल भएको हो ।

भारतमा जम्मा १२ वटा मात्र सरकारी बैंक बनाउने र देशको अर्थतन्त्र ५ ट्रिलियन डलर बनाउने भन्दै  भारतीय अर्थमन्त्रीले बैंक मर्जरको घोषणा गरेकी थिइन् । तर, एआईबीईएले भने यस्तो कदमबाट मुलुकको अर्थव्यवस्थालाई आवश्यक गति नमिल्ने बताउंदै आएको छ ।

बैंकहरु ठुला हुँदा जोखिम पनि ठुलै हुने भन्दै एआईबीईएले आफुहरुले आम नागरिकले ति बैंकमा बचत गरेको १२७ लाख करोड रुपयांको चिन्ता गरेको जनाएको छ । विश्वका अन्य मुलुकमा समेत ठुला बैंकहरु ठुला लगानी गरेर डुबेका उदाहरण उनिहरुले दिंदै आएका छन् । सरकारले विश्व स्तरमा प्रतिष्पर्धा गर्ने सोच अनुरुप बैंकहरुलाई ठुला बनाउन खोजेको भन्दै उनीहरुले त्यसबाट ग्राहकको बचत खतरामा पर्ने दाबी गरेका छन् ।

सरकारले १५ लाख करोडको हाराहारीमा रहेको खराब कर्जा उठाउन भन्दा अन्य कुरामा बढी ध्यान दिएको उनीहरुको आरोप छ । कर्मचारीहरुले ठुला ब्यापारीले लागेको खराब कर्जा माफी दिने योजना अन्तर्गत सरकारले मर्जरको घोषणा गरेको समेत आरोप लगाइरहेका छन् ।

नीरव मोदी र किंगफिशरको मालिक  विजय माल्या जस्ताको पैसा उठाउन सरकारलाई कर्मचारीहरुले दवाब दिंदै आएका छन् । एआईबीईए र बीईएफ़आईको अपिलमा भएको हड्ताललाई अल इंडिया बैंक अफिसर्स एसोसिएशनको पनि सांकेतिक रूपमा समर्थन रहेको समाचारहरुमा उल्लेख छ ।

भारतका बैंकहरुमा देखिएका समस्या र सरकारी बैंकको मर्जरको कुराबाट आम भारतीय बचतकर्ता नागरिक भने चिन्तित बनेका छन् । कतै मर्जरपछि ठुला ब्यापारीले माफ पाउने र त्यो खर्च जुटौं सरकारले आफुले बचत गरेको पैसा त लगाउने होइन भन्ने चिन्तामा छन् ।

प्रतिक्रिया दिनुहोस