
काठमाडाैं । सोमबारदेखि सामाजिक सञ्जालमा एउटा भिडिओ भाइरल बनेकाे छ। एभिन्युज टिभीले प्रसारण गरेको भिडिओमा डोजर र केही मान्छेबीच 'घम्साघम्सी' भएको देखिन्छ।
यो दृश्य बैतडी जिल्ला, दशरथचन्द नगरपालिका-९ ग्वाल्लेकको हो। त्यहाँ सडक खन्ने क्रममा विवाद भएपछि स्थानीयले ढुंगामुढा गरेको देखिन्छ। मानिसहरू डोजरका अगाडि कराउँदै भौंतारिराखेका छन्।
डोजर पनि आफ्नो बल देखाइरहेको छ। विवाद चलिरहेकै बेला सडक खनिरहेको डोजरले एक महिलालाई ठक्कर दिएर कान्लामुनि हुत्याइदिन्छ। स्थानीय गौरी जोशी घाइते भइन्।
सडक खन्ने क्रममा भएको यो अमानवीय व्यवहारलाई लिएर सामाजिक सञ्जालमा विरोध भइराखेको छ। घटनाको भिडिओ भाइरल भएपछि स्थानीय प्रशासनले डोजर चालक सोही नगरपालिका वडानम्बर –२ देहीमाण्डौका किशोर बोहरालाई पक्राउ गरेको छ।
प्रतिक्रिया दिनुहोस