
काठमाडौै । गृह मन्त्रालयले तिहारको अवसरमा नकारात्मक असर पर्ने गीत उत्पादन तथा प्रसारण नगर्न साथै भुइँचम्पा, पटका र आतिसबाजी जस्ता विस्फोटक सामाग्रीको बिक्रिवितरण र प्रयोग नगर्न अपील गरेको छ ।
मन्त्रालयले मंगलबार एक सूचना जारी गरी नेपाली भाषा, धर्म संस्कृति र सभ्यतालाई विकृत बनाई समाजमा नकारात्मक असर पर्ने गीत, संगीत तथा श्रव्यदृश्य सामागी उत्पादन तथा प्रशासन नगर्न आग्रह गरेको हो ।
सूचनामा गृह मन्त्रालयले सूचना प्रकाशित गरी तिहारमा हुने देउसी भैलोलाई मनोरञ्जनात्मक क्रियाकलापका रुपमा मात्र लिन पनि अपील गरेको छ ।
यसो गरेमा कानून अनुसारका कारबाही गर्न मातहतका निकायलाई निर्देशन दिइएको गृहले बताएको छ ।
मन्त्रालयले साथै यात्रामा सहजीकरण गर्न सुरक्षा निकायहरुबाट सहायता कक्ष राखिने र कुनै गुनासो भएमा सुरक्षा निकायलाई खबर गर्न पनि अपील गरेको छ ।
प्रतिक्रिया दिनुहोस