aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

मर्जरमा गएका म्यानपावरले नगद र पासपोर्ट फिर्ता गर्नुपर्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०६ कार्तिक २०७६
मर्जरमा गएका म्यानपावरले नगद र पासपोर्ट फिर्ता गर्नुपर्ने

काठमाडौं । सरकारले मर्ज भएर अस्तित्व समाप्त भएका म्यानपावर व्यवसायीलाई नयाँ कारोबार र भर्ती प्रक्रिया सुरु गर्न निर्देशन दिएको छ ।

पुरानो अनुमतिकै आधारमा नयाँ प्रक्रिया सुरु गर्दा श्रमिक ठगीमा पर्ने जोखिम न्युनिकरण गर्न वैदेशिक रोजगार विभागले थप प्रक्रिया नगर्न निर्देशन दिएको हो ।

वैदेशिक रोजगार ऐनअनुसार गाभिएर अस्तित्व समाप्त भएका म्यानपावरको संख्या ४५० भन्दा बढी रहेको छ । विभागका महानिर्देशक भीष्मकुमार भुसालले भदौ २९ गते नै सूचना जारी गरी श्रमिकबाट लिएको नगद, पासपोर्ट र अन्य प्रमाणित कागजात बुझाउन निर्देशन दिएको बताए । यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस