aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

बूढानीलकण्ठबाट नगदसहित ११ जुवाडे पक्राउ, जुवाडेहरूको परिचय गाेप्य

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०६ कार्तिक २०७६
बूढानीलकण्ठबाट नगदसहित ११ जुवाडे पक्राउ, जुवाडेहरूको परिचय गाेप्य

काठमाडौं । नेपाल प्रहरीले काठमाडौंको बूढानीलकण्ठबाट १ लाख ७८ हजार नगदसहित ११ जुवाडेलाई नियन्त्रणमा लिएको छ ।

बूढानीलकण्ठ नगरपालिका–४ स्थित मीनबहादुर गुरुङको घरमा डेरा गरी बस्ने लक्ष्मी गुरुङको कोठामा जुवा खेलिरहेको अवस्थामा मंगलबार नगदसहित ११ जनालाई नियन्त्रणमा लिइएको हाे ।

प्रहरीले गुरुङको कोठाबाट ५०० लिटर अवैध घरेलु मदिरासमेत बरामद गरेको छ । गुरुङ यसअघि पटक–पटक जुवा मुद्दा खेपेर अदालतबाट छुटेकी पेशेवर जुवाडे रहेकाे खुल्न अाएकाे छ । पक्राउ परे पनि उनले स्थान परिवर्तन गराउँदै जुवा खेलाउने गरेको प्रहरी भनाइ छ ।

नियन्त्रणमा रहेका अन्य जुवाडेहरूको परिचय नखुलाएको प्रहरीले यसबारे अनुसन्धान भइरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस