
काठमाडौं । दुईमाजुमा भएको अनाधीकृत कार्य विरुद्ध नागरिक समूहद्धारा एक घण्टा धर्ना गरेका छन् । बुधबार बिहान १० बजेदेखि सो धर्ना सुरु भएको हो ।
‘दुइमाजु गुठी दोहन बन्द गर तत्काल व्यापारिक सम्झौता रद्ध गरि खुल्ला गर’ सहितको ब्यानरमा नागरिक खुल्ला मञ्चसंगै रहेको दुइमाजु परिसरमा धर्ना दिएका हुन् । खुल्ला ठाउँ बेचिखाने दलाल होसियार, सम्पदा राष्ट्रको गहना हो यसलाई बेची खान पाइदैन, र दुइमाजुको सम्झौता तत्काल खारेज गर सहितका पोस्टरसहित धर्नामा उत्रिएका छन ।
धर्नामा एक सुत्रीय माग गरेका छन् । दुईमाजु गुठी परिसरमा रहेको सम्पूर्ण व्यपारीक सम्झौता तथा संरचनाहरु रद्ध गरी हटाइ पूर्ववरत अवस्थामा फर्काउनु पर्ने रहेको छ ।
सो गुठीको संरक्षण तथा संवर्धन दिर्घकालिन रुपमा सम्बिन्धित सरोकारवाला सम्पूर्ण निकाय बसि ठोस योजना सहित कार्यान्वन गर्नु पर्ने तथा यस्तो गैरकानुनी तथा जनभावना विपरीत शक्तिको दुरुपयोग गर्ने उपर कडा भन्दा कडा कारवाहिको माग गरेका छन् ।
प्रतिक्रिया दिनुहोस