aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

महरालाई तेस्रोपटक आज अदालत उपस्थित गराइँदै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०६ कार्तिक २०७६
महरालाई तेस्रोपटक आज अदालत उपस्थित गराइँदै

काठमाडौं । निवर्तमान सभामुख कृष्णबहादुर महरालाई तेस्रोपटक म्याद थपका लागि आज अदालत उपस्थित गराइँदैछ । प्रहरीले महरामाथि लागेको मुद्दामा पर्याप्त अनुसन्धान पूरा नभएको भन्दै तेस्रोपटक म्याद थपका लागि अदालत लैजान थालेको हो ।

यसअघि गत आइतबार काठमाडौं जिल्ला अदालतले महरालाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो ।आइतबार महराको सरकारी वकिल कार्यालयमा साँझ ५ बजे बयान सकिएको थियो ।

संसद सचिवालयमा कार्यरत रोशनी शाहीमाथि जवरजस्ती करणी गरेको आरोपमा महरालाई बालुवाटारस्थित सरकारी निवासबाट १९ असोजमा प्रहरीले नियन्त्रणमा लिएको थियो । शाहीले असोज १८ गते शनिबार महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरमा पुगेर महराबिरुद्ध किटानी जाहेरी दिएकी थिइन्।

संसद् सचिवालयमा कार्यरत एक महिला कर्मचारीले महराले आफ्नो कोठामा आएर बलात्कार गरेको र आफूले प्रतिवाद गर्दा कुटपिट गरेको गम्भीर आरोप लगाएकी थिइन्। तर महराले आफ्नो सचिवालयमार्फत् उनले लगाएका आरोपहरूको खण्डन गरेका थिए।

काठमाण्डू जिल्ला अदालतका न्यायाधीश ब्रजेश प्याकुरेलको एकल इजलासले महरालाई पक्राउ गरी अनुसन्धान गर्न अनुमति दिएको थिायाे।

प्रतिक्रिया दिनुहोस