aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

गुडिरहेको कार कुपन्डोलको रेष्टुरेन्टभित्र छिरेपछि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०६ कार्तिक २०७६
गुडिरहेको कार कुपन्डोलको रेष्टुरेन्टभित्र छिरेपछि

ललितपुर । ललितपुर महानगरपालिका अन्तर्गत पर्ने कुपन्डोलमा एउटा गुडिरहेको कार रेष्टुरेन्टभित्र छिर्दा तीन जना घाइते भएका छन् । दिउँसो ज्रेबा क्रसिङ नजिकै महिलालाई देखेर एकाएक ब्रेक लगाउन खोज्दा कार रेष्टुरेन्टभित्र पसेको हो । कारको ठक्करबाट रेष्टुरेन्टभित्र रहेका एक महिला र दुई जना मोटरसाइकल चालक घाइते भएका छन।

७० वर्षीय वृद्ध मुनिराज उपाध्यायले चलाइरहेको ‘प्रदेश ३ बीएए २०६९’ नम्बरको कारलाई सडकमा हिडिरहेकी महिलालाई बचाएर अन्यत्र मोड्ने क्रममा नजिकै रहेको एनपीपी रेष्टुरेन्टभित्र हुत्तिएर छिर्न पुगेको हो ।

रेष्टुरेन्टभित्र पर्खालमा ठोक्किएपछि मात्रै कार रोकिएको लतिलपुर प्रहरी परिसर, जावलाखेलका प्रमुख एसएसपी टेकप्रसाद राईले बताए । रेस्टुरेन्टको बाहिरपट्टि मान्छे नहुँदा मानवीय क्षति हुनबाट जोगिएको छ । त्यसैगरीकारको ठक्करबाट सकुन खड्का घाइते भएकी छन् । उनको कुपण्डोल स्थित सर्वाङ्ग हस्पिटलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

कारको अगाडीको भागमा क्षति पुगेको छ भने चालक उपाध्यायको अवस्थासकुशल रहेको छ । कार चालक उपाध्यायले महिलालाई बचाउन खोज्दा रेष्टुरेन्ट भित्र पुगेको बयान दिएका छन् ।

उपाध्याय कार सर्भिसिङ गरेर सानेपातर्फ जाँदै थिए । कारले अन्य दुई जना मोटरसाइकल चालकलाई समेत ठक्कर दिएको थियो । उनीहरु समेत सामान्य घाइते भएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस