
काठमाडौं । कृषि विकास बैंक लि.ले २ अर्व ५० करोड रकम बरावर को २५ लाख कित्ता ऋण पत्र जारी गर्ने भएको छ ।
उक्त ऋण पत्र जारी गर्ने कार्यको लागि कृषि विकास बैंक लि. र एनआई विएल एस क्यापिटलबीच सम्झौता गरेको छ ।
“एडिविएल कृषि विकास बैंक लि.२०८३” नाम दिइएको ७ वर्षे ऋणपत्र (डिवेन्चर) १०.३५ प्रतिशत व्याजदरमा जारी गर्नका लागि नेपाल राष्ट्र बैंकबाट समेत स्वीकृती प्राप्त भै सकेको छ ।
भने अन्य नियमक निकायबाट आवश्यक स्वीकृत तथा कागजात तयार गरी आम नेपाली नागरीकका लागि सरकारी बैंकद्धारा ऋणपत्र (डिवेन्चर) छिट्टै जारी हुने बैंकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस