aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

‘मेरो नागरिकता सम्बन्धमा सार्वजनिक समाचार झुटो हो’

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०७ कार्तिक २०७६
‘मेरो नागरिकता सम्बन्धमा सार्वजनिक समाचार झुटो हो’

काठमाडौं । नेपाली काङ्ग्रेसका नेता एवं पूर्वसङ्घीय सांसद देवेन्द्रराज कँडेलले आफूसँग भारतीय नागरिकता रहेको भन्ने समाचारको खण्डन गरेका छन । 

काङ्ग्रेस केन्द्रीय कार्यालयमा आज पत्रकार सम्मेलन गरी उनले आफ्नो नाममा हालसम्म भारतको नागरिकता नभएको र भारतको कहीँकतै स्थानीय वा आम निर्वाचनमा मतदाता सूचीमा नाम नरहेकोसमेत स्पष्ट पारे  ।

उनले आफ्नो बाल्यकालदेखिको शिक्षा भारतमा भएको र सोही शैक्षिक प्रमाणपत्रको आधारमा नै उहिल्यै नै सवारी चालक अनुमतिपत्र लिएको र उक्त अनुमतिपत्र भने अहिले पनि आफूसँग रहेको बताए । 

नेता कँडेलले भने, “मेरो हजुरआमा स्व राधादेवी राणाशासन विरुद्धमा प्रजातन्त्रका लागि लड्दै आएका र तत्लकालीन समयमा नेपालमा अध्ययन÷अध्यापन सम्भव नभएपछि नेपालको सिमानाबाट २०० मिटर टाढा भारतको सिमानामा २००६ सालमा आफ्नो नाममा विद्यालय स्थापना गरेका हुन । उक्त विद्यालयमा स्थापनाकालदेखि नै हाम्रो परिवारबाट व्यवस्थापन समितिको अध्यक्ष निरन्तर रहँदै आएको छ । पारिवारिक संरक्षकको हैसियतमा मेरो हजुरआमा, त्यसपछि मेरो बुबा र हाल म अध्यक्षका रुपमा निरन्तरताको स्वरुप रहँदै आएको छु ।” 

प्रतिक्रिया दिनुहोस