aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

आलम प्रकरणः यही ट्रयाक्टर हो, जसमा घाइतेलाई इँटाभट्टा पुर्‍याइयो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०७ कार्तिक २०७६
आलम प्रकरणः यही ट्रयाक्टर हो, जसमा घाइतेलाई इँटाभट्टा पुर्‍याइयो

काठमाडौं । बुध कब्जा गर्न तयार पारेको बम विस्फोट हुँदा मारिएका भनिएका व्यक्तिलाई इँटाभट्टामा लैजान प्रयोग भएको ट्रयाक्टर प्रहरीले बरामद गरेको छ ।

बरामद ट्रयाक्टर आफताव आलमका भाइ मो। महताव आलमको भएको प्रहरीको दाबी छ । आलमका काका शेष इद्रिसको सानो घरमा बम विस्फोट भएको र घाइतेलाई ना १ त ६४७२ नम्बरको ट्र्याक्टरमा राखेर इँटाभट्टामा लगिएको थियो । उनीहरुलाई जलाएको आलममाथि आरोप छ ।

प्रहरीका अनुसार प्रमाण मेटाउने उद्देश्यले उक्त ट्रयाक्टर आलमका भाइ महतावले ०६७ असार २३ गते बेचेका थिए । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस