काठमाडौं । नेपाली सेनाले अमेरिकाको अनुदान सहयोगमा ४ वटा स्काई ट्रक (कार्गो विमान) ल्याउने भएको छ । विपत् व्यवस्थापनका लागि मानवीय सहयोगमा उपयोग गर्नेगरी ती विमान ल्याउन लागिएको हो । चारवटामध्ये पहिलो चरणमा आगामी डिसेम्बरमा दुई वटा विमान आइपुग्नेछन् ।
ल्याइन लागिएका विमान नेपाली रुपैयाँ करिब २ अर्ब ५६ करोड बराबर मूल्यका रहेको नेपाली सेनाले जनाएको छ ।छोटो धावनमार्गमा पनि ल्यान्ड र टेकअफ गर्न सक्ने ती विमान आपतकालीन उद्धारको समयमा बढी उपयोगी मानिन्छन् ।
अमेरिकाको सहयोगमा आगामी डिसेम्बरभित्र नै विमान ल्याउने प्रक्रिया अगाडि बढेको नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले बताए । यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस