
काठमाडाैं । नेपाली र्यापर तथा गायक समिर घिसिङ(भिटेन) पक्राउ परेका छन्। बिहीबार भिटेनलाई महानगरीय अपराध महाशाखाले जावलाखेलबाट पक्राउ गरेको हो।
अश्लिल गीतहरू गाएको आरोपमा उनलाई पक्राउ गरिएको एसएसपी सहकुल थापाले बताए। रौतहटमा जन्मिएका भिटेन चुरोट नामको गीतबाट चर्चामा आएको थिए। नेपाली र्यापर गिरीश खतिवडाले आफ्नो ब्लगमा उनलाई ल्याएपछि भिटेन भप चर्चित भएका थिए ।
र्यापर समिर घिसिङ ‘भिटेन’ युवा पुस्तामाझ चर्चित नाम हो। अरूभन्दा फरक गायन शैलीका भिटेनका प्रशंसकसँगै आलोचक पनि उत्तिकै छन्।
तिनै चर्चित र्यापरमाथि नयाँ वर्षको अवसरमा पोखरामा आयोजना गरिएको ‘सडक महोत्सव’ को कन्सर्टमा ढुंगा प्रहार भएकाे थियाे । महोत्सवमा प्रस्तुति दिइरहेको क्रममा उनीमाथि ढुंगा हानिएको थियो।
प्रतिक्रिया दिनुहोस