aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

प्रधानमन्त्री ओली हिँडे अजरबैजान

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०७ कार्तिक २०७६
प्रधानमन्त्री ओली हिँडे अजरबैजान

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार अजरबैजान प्रस्थान गरेका छन्। 

प्रधानमन्त्रीका प्रेस सहयोगी चेतन अधिकारीका अनुसार प्रधानमन्त्री ओली पौने १२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट त्यसतर्फ प्रस्थान गरेका हुन्। 

बाकुमा हुने असंलग्न राष्ट्रका प्रमुखहरूको १८ औं शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री ओली नेतृत्वको नेपाली प्रतिनिधिमण्डलको टोली अजरबैजान गएको हो।

प्रधानमन्त्री, प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार राजन भट्टराईलगायत टोलीमा सहभागी छन्। परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली भने सम्मेलनमा सहभागी हुन यसअघि नै बाकु पुगिसकेका छन्।

अधिकारीका अनुसार प्रधानमन्त्री ओली कात्तिक १० गते स्वदेश फर्किने कार्यक्रम छ। 

प्रतिक्रिया दिनुहोस