
काठमाडाैं । फिफाकाे नयाँ बरियतामा नेपाल ६ स्थान तल झरेकाे छ । नयाँ बरियता अनुसार नेपाल १ सय ६७ औं स्थानमा पुगेको छ ।
यसअघि एक सय ६१ औं स्थानमा रहेकाे नेपाल पछिल्लाे छ महिनामा बरियतामा धेरै तल गएकाे हाे । विश्वकप छनोटका पछिल्ला दुई खेलमा फराकिलो हार ब्यहोरेका कारण नेपालकाे बरियता पनि झरेकाे हाे ।
दक्षिण एसियाली देशमा नेपाल भन्दा माथि रहेकाे माल्दिभ्स एक स्थान तल झर्दै १ सय ५४ औ स्थानमा पुगेकाे छ भने भारत दुई स्थान तल गर्दै १ सय ६ स्थानमा छ ।
प्रतिक्रिया दिनुहोस