
काठमाडौं । योगदानमा आधारित सामाजिक सुरक्षा योजनाअन्तर्गत हालसम्म ८ हजार ८१८ रोजगारदाता र १ लाख ९ सय ६८ जना योगदानकर्ताको संख्या पुगेको छ ।
योजनामा सूचीकरण हुने अवधि असोज मसान्तमा सकियो सकेको छ । यसअवधिमा ७ करोड ६५ लाखभन्दा बढी योगदान रकम संकलन भइसकेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले आज आयोजना गरेको पत्रकार सम्मेलनमा योजनाको कार्यान्वयनसमेत भइसकेको जनाएको छ । मन्त्रालयका अनुसार कोषमा सूचीकृत भई योगदान आरम्भ गरिसकेको क्लोजर सिस्टम्स इन्टरनेसनल नेपाल प्रालिमा कार्यरत योगदानकर्ता सामाजिक सुरक्षा नम्बर २०७६०००३०५१ का इन्जनियर रुपेन्द्र थापा, योगदानकर्ता कैरोश क्याफे प्रालिमा कार्यरत सामाजिक सुरक्षा नम्बर २०७६०००१३७९५ का प्रकाश तामाङ मोक्तानको सडक दुर्घटनामा
निधन भएपछि निजका आश्रित परिवारले आश्रित परिवार सुरक्षा योजना अन्तर्गत प्राप्त गर्ने अन्तिम दाहसंस्कार खर्च एकमुष्ट रु. २५ हजारका, मासिक निवृत्तभरण क्रमशः १७ हजार १०० र १० हजार २०० (आधारभूत पारिश्रमिकको ६० प्रतिशत) र निजहरुले जम्मा गरेको योगदान रकममध्ये बृद्धावस्था सुरक्षा योजनाअन्तर्गतको संकलित रकम तथा प्रतिफल समेत जोडि हुन आउने रकम एकमुष्ठ प्रदान गर्ने प्रक्रिया अगाडि बढीसकेको छ ।
प्रतिक्रिया दिनुहोस