aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

मन्त्रीपरिषद निर्णयः १३ गते सार्वजनिक विदा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०७ कार्तिक २०७६
मन्त्रीपरिषद निर्णयः १३ गते सार्वजनिक विदा

काठमाडौं ।  सरकारले कार्तिक १३ गते सार्वजनिक विदा दिने भएको छ । तिथिअनुसार नेवार समुदायको भाइटीका कात्तिक १३ गते पर्ने भएकाले सरकारले सार्वजनिक विदा दिएको गृह मन्त्रालयले जनाएको छ ।

काठमाडौं उपत्यकाका नेवार समुदायले आफूहरुको भाइटीका पर्नेभन्दै कात्तिक १३ गते विदा माग गरेको थियो । सोही अनुसार मन्त्रिपरिषद बैठकले विदाको निर्णय गरेको हो । पाञ्चांग निर्णायक समितिका अनुसार भने तिहारको भाइटीका कात्तिक १२ गते तोकिएको छ ।

नेवार समुदायको मागलाई मध्यनजर गर्दै गृहमन्त्रालयले कार्तिक १३ गते सार्वजनिक विदा दिने निर्णय गरेको हो । सो दिन नेवार समुदायको भाइटीका पर्छ । काठमाडौं उपत्यकाका नेवार समुदायले कार्तिक १३ गते सार्वजनिक विदा दिनुपर्ने माग गर्दै आएका थिए ।

केही दिनअघि नेवार समुदायबाट प्रतिनिधित्व गर्ने नेताहरुले प्रधानमन्त्री केपी शर्माओलीसँग पनि यो विषयमा छलफल गरेका थिए । सो छलफलमा प्रधानमन्त्री ओली १३ गते सार्वजनिक विदा दिन सकारात्मक भएका थिए ।  त्यसलगत्तै मन्त्रिपरिषद बैठकले उक्त दिन विदा दिने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस