aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

विमान दुर्घटनामा पाँचको मृत्यु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०७ कार्तिक २०७६
विमान दुर्घटनामा पाँचको मृत्यु

मेक्सिको।  मेक्सिकोको पश्चिमी राज्य मिचोआकानमा बुधबार एउटा सानो विमान दुर्घटनामा परेको छ । यस दुर्घटनामा परी कम्तीमा पाँच व्यक्तिको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जानकारी दिएको छ । 

म्याडेरो शहरको लास जुन्टास समुदायमा भएको यस दुर्घटनाको हताहतको प्रारम्भिक जानकारी प्राप्त भएको तर यसको अझै अनुसन्धान भइरहेको सरकारी वकिलले पत्रकारलाई जानकारी दिएका छन् ।  

उक्त विमान दुराङगो राज्यबाट गुरेरो राज्यको एकपुल्को बन्दरगाहमा जाँदै गरेको विश्वास गरिएको मेक्सिकन पत्रिका ‘एल युनिभर्सल’ले जनाएको छ । सो विमानको आधा भाग नदीमा खसेको सामाजिक सञ्जालमा राखिएका तस्बिरमा देखाएको पनि सो पत्रिकाले जानकारी दिएको छ ।सिन्ह्वा

प्रतिक्रिया दिनुहोस