aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

महराको अनुसन्धान प्रक्रिया अझै लम्बिने, अब डिएनए परिक्षण हुने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०७ कार्तिक २०७६
महराको अनुसन्धान प्रक्रिया अझै लम्बिने, अब डिएनए परिक्षण हुने
File:Photo

काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महराको डिएनए परिक्षण हुने भएको छ । काठमाडौं जिल्ला अदालतले सात दिन हिरासतमा राखेर अनुसन्धान गर्ने आदेश दिएपछि प्रहरीले माग गर्दै आएको डिएनए  परिक्षण गर्न महरा सहमत भएका हुन ।

महानगरीय अपराध महाशाखाले अनुसन्धान नसकिएको भन्दै पुन म्याद थपको माग गरेको थियो, त्यसमा बिहीबार न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । संसद सचिवालयकी  कर्मचारी रोशनी शाहीमाथि यौन दुर्व्यवहारको आरोप लगाएपछि प्रहरीले महरालाई असोज १९ गते साँझ पक्राउ गरेको थियो ।
 

प्रतिक्रिया दिनुहोस