
एजेन्सी । अमेजनका संस्थापक तथा कार्यकारी प्रमुख जेफ बेजोसको सर्वाधिक धनीको ताज अन्तराष्ट्रिय शेयर बजारमा भएको हिजो बिहीबारको कारोबार पछि खोसिएको छ । बिहीबारको कारोबारमा उनको कम्पनि अमेजनको शेयर मुल्यमा आएको ७ प्रतिशतको गिरावट संगै उनि पहिलो नम्बरको धनिबाट च्युत भएका हुन् ।
बिहीबारको कारोबारबाट आएको नोक्सानीको कारण उनको कुल सम्पत्ति अब १०३ दशमलब ९ अर्व अमेरिकी डलर मात्र हुन गएको छ । जवकि लामो समयसम्म संसारका सर्वाधिक धनि रहेका माइक्रोसफ्टका संस्थापक बिल गेट्सको सम्पति १०५ दशमलब ७ अर्व अमेरिकी डलर रहेको छ ।
स्मरण रहोस, सन् २०१८ को जुलाई १८ तारिकमा कुल १५० अर्व अमेरिकी डलर सम्पत्तिका मालिक रहेका जेफ बेजोस आधुनिक इतिहासका नै सर्वाधिक धनि व्यक्तिको रेकर्ड बनाएका थिए । सन् १९९५ को जुलाई १६ का दिन उनले स्थापना गरेको अमेजनले बेजोसलाई सफलताको शिखरमा पुर्याएको हो । अमेजन संसार कै सर्वाधिका ठुलो इ-कमर्स कम्पनि हो ।
प्रतिक्रिया दिनुहोस