aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

सरकारी अनुदान लिएका  नक्कली भूकम्प पिडितलाई कारवाही गर्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०८ कार्तिक २०७६
सरकारी अनुदान लिएका  नक्कली भूकम्प पिडितलाई कारवाही गर्ने

काठमाडौँ ।  अन्यत्र घर भएर पनि सरकारी अनुदान लिएका  नक्कली भूकम्प पिडितलाई कारवाही  हुने भएको छ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले आयोजना गरेको एक कार्यक्रममा बल्दै राष्ट्रिय पुननिर्माण प्रधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशिल ज्ञवालीले पहिलो किस्ता लिएर पनि घर नबनाएका सेवाग्राहीहरुको तत्थांक  संकलन भैरहेको बताउदै उक्त कुरा बताएका हुन् ।

कार्यक्रममा बल्दै ज्ञवालीले हाल प्राधिकरणले दुई वटा रणनीति अपनाएर अघि बढिरहेको बताए ।उनले भने -"अहिले हामीले दुई वटा रणनीति अपनाएर अघि बढिरहेका छौ ।,एउटा जसले पहिलो किस्ता लिएर पनि घर बनाउन सक्नु भएन उनीहरुलाई अझै सहुलियतपूर्ण कर्जा दिएर घर बनाउन प्रोत्साहन गर्ने र दोस्रो जसले आफ्नो अन्यन्त्र घर भएर पनि हामीलाई झुक्काएर पहिलो किस्ता लिएको छ त्यस्ता नक्कली भूकम्प पिडितलाई कारवाही गर्ने रणनीति अपनाएका छौ ।" 

सरकारले अहिले पहिलो किस्ता लिएर पनि घर नबनाएका सेवाग्राहीको सम्पूर्ण जानकारी लिइरहेको भन्दै ज्ञवालीले भने -"को-को व्यक्तिले बिगतमा के-के कारणले घर बनाउन सक्नु भएन तथा घर भएर पनि पहिलो किस्ता लिएका को-को हुन् उनीहरुको सम्पूर्ण जानकारी लिएर कारवाही गर्ने छौ ।"

हाल प्रधिकरणले  भूकम्पले घर भत्किएको विवरण बुझाएर पहिलो किस्ता वापतको ५० हजार रकम लिइसकेका तर घर नबनाउनेहरुको विवरण स्थानीय तहमार्फत संकलन गरिरहेको छ । सरकारले समय समयमा सुचना जारि गर्दै तोकिएको अवधिमा अटेर गरेर रकम फिर्ता नगर्नेमाथि सरकारी बाँकी सरह असूलउपर गरिने बताउदै आएका छ।

यस अबधिमा कतिपय नक्कली भूकम्प पीडितले रकम फिर्ता गरिसकेका छन् भने अझै सयौको संख्यामा रहेका नक्कली भूकम्प पीडितले रकम फिर्ता गरेका छैनन् । सरकारले पटक- पटक जारि गरेको सुचनाको बेवास्था गर्दै आएका नक्कली भूकम्प पिडितलाई अब भने बृहत जानकारी संकलन गरि आवश्यक कारवाही गरिने भएको हो ।  

प्रतिक्रिया दिनुहोस