aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

आलम प्रकरणः सोधपुछ गर्न बोलाउँदा नमाने पक्राउ गर्न निर्देशन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ०९ कार्तिक २०७६
आलम प्रकरणः  सोधपुछ गर्न बोलाउँदा नमाने पक्राउ गर्न निर्देशन

काठमाडौं । मोहम्मद अफताब आलमलाई सघाउने सम्भावित व्यक्तिमाथि प्रहरीले निगरानी सुरु गरेको छ। पीडितले न्याय पाउने गरी अनुसन्धान गर्न प्रदेश २ प्रहरी प्रमुख प्रद्युम्न कार्की र जिल्ला प्रहरी प्रमुख भूपेन्द्र खत्रीलाई प्रहरी मुख्यालयले निर्देशन दिएको छ।

राजापुर घटना अनुसन्धानमा केन्द्रबाट समन्वय भइरहेको निमित्त प्रहरी महानिरीक्षक पुष्कर कार्की बताउँछन्। रौतहट जिल्ला प्रहरी कार्यालयबाटै मुद्दा चल्ने भएकाले उसलाई चाहिने प्राविधिकसँगै अन्य सहयोग भइरहेको उनको भनाइ छ।

‘यो घटना दबाउने जो कोही व्यक्ति उम्किन पाउँदैनन्। पीडितले न्याय पाउने गरी अनुसन्धान हुन्छ’, उनी भन्छन्, ‘रौतहट प्रहरीलाई आवश्यक समन्वय र सहयोग भइरहेको छ।’

घटना अनुसन्धानमा भएका प्रगतिबारे डीआईजी कार्की र एसपी खत्रीसँग दैनिक सोधपुछ गरिरहेको उनी सुनाउँछन्। उनका अनुसार केन्द्रबाट घटना अनुसन्धानको सूक्ष्म सुपरिवेक्षण भइरहेको छ।  यो समाचार आजको अन्नपूर्ण पोष्ट्मा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस