aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

बैंकहरुलाई साइबर सुरक्षा बीमा गर्न निर्देशन दिने तयारीमा राष्ट्र बैंक

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १० कार्तिक २०७६
बैंकहरुलाई साइबर सुरक्षा बीमा गर्न निर्देशन दिने तयारीमा राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकहरूलाई साइबर सुरक्षा बीमा गर्न निर्देशन दिने तयारी गरेको छ । बैंकहरूले स्वतस्फूर्त रूपमा यस्तो बीमा नगरेपछि राष्ट्र बैंकले नै निर्देशन दिने प्रक्रिया अगाडि बढाएको हो। नीतिगत व्यवस्था गरेर नेपालमा नै साइबर जोखिम सम्बन्धी बीमा सुविधा भए तापनि हालसम्म एउटा पनि बैंकले यस्तो बीमा गराएका छैनन् । 

नेपाल इन्स्योरेन्स कम्पनीले २०७५ साउनदेखि नै ‘साइबर रिक्स प्रोटेक्टर’ बीमालेख प्रचलनमा ल्याएको छ । तर, बीमासँग प्रत्यक्ष सम्बन्ध राख्ने बैंकहरूले अहिलेसम्म त्यस्तो बीमा गराएका छैनन् । अन्य प्रकारका बीमाको तुलनामा साइबर सुरक्षा बीमा महँगो हुने भएकाले यसप्रति बैंकहरू आकर्षित भएका छैनन्। राष्ट्र बैंकका अनुसार अहिले यस विषयमा आवश्यक अध्ययन गर्ने काम भइरहेको छ । 

आवश्यक नीतिगत व्यवस्था गरेर ढिलोमा पनि आगामी असार मसान्तसम्म निर्देशन जारी गर्ने राष्ट्र बैंकको तयारी छ। हाल बैंकहरूले बैंकिङ ब्लांक्वेट बीमा (बीबीआई) मार्फत आफ्नो सम्पूर्ण सम्पत्तिको बीमा गरेका छन् । तर, उक्त बीमालेखले साइबर सम्बन्धीको जोखिमलाई रक्षावरण गर्दैन । यो समाचार आजको आर्थिक अभियान दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस