aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

मोतीहारी-चितवन ग्यास पाइपलाइन सर्वे शुरु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १० कार्तिक २०७६
मोतीहारी-चितवन ग्यास पाइपलाइन सर्वे शुरु

काठमाडौं । भारतको मोतीहारीदेखि चितवनसम्म पाइपलाइनबाटै खाना पकाउने एलपीजी ग्यास ल्याइने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले शनिवार बाराको अमलेखगञ्ज डिपो परिसरमा संकेत पिल्लर गाडी मोतीहारी-चितवन ग्यास पाइपलाइन निर्माणको सर्वेको औपचारिक शुरुआत गरेका छन् ।

मन्त्री यादवले सोही अवसरमा अमलेखगञ्ज-चितवन पेट्रोलियम पाइपलाइन चितवनसम्म विस्तारको शुरुआतको घोषणा गरे। चितवनको लोथरसम्म ग्यास ल्याउनलाई विहारको मोतीबारीबाट कुल १३१ किलोमीटर लामो पाइपलाइन निर्माण हुनेछ । 

कुल लागत रू १५ अर्ब अनुमान गरिएको यस आयोजनाअन्तर्गत पाइपलाइन निर्माणमा रू। ११ अर्ब १९ करोड र ग्यास भण्डारणका लागि ट्यांकी निर्माण गर्न रू ३ अर्ब ८१ करोड लाग्ने निगमले बताएको छ। यो समाचार आजको आर्थिक अभियान दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस