aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

चेक बिनै रकम भुक्तानी गर्ने सेवा पुनः सञ्चालनमा आउने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १० कार्तिक २०७६
चेक बिनै रकम भुक्तानी गर्ने सेवा पुनः सञ्चालनमा आउने

काठमाडौं । औपचारिक शुरुआतको १ सातामै बन्द हुन पुगेको रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) प्रणाली तिहारपछि पुनः सञ्चालनमा आउने भएको छ । 

नेपाल राष्ट्र बैंकले निकै तामझामका साथ भदौ २७ गते शुरू गरेको २ लाख रुपैयाँ र त्यसभन्दा बढीको रकम विनाचेक तुरुन्तै एक खाताबाट अर्को खातामा सार्ने सुविधाको यो प्रणाली पछिल्लो १ महीनादेखि अवरुद्ध छ। 

आरटीजीएस सफ्टवेयर अन्तरराष्ट्रिय स्तरको भए पनि केही समस्या देखिएकाले रोक्नुपरेको राष्ट्र बैंकको भनाइ छ । राष्ट्र बैंक अन्तर्गतको भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक बमबहादुर मिश्रका अनुसार सफ्टवेयर अद्यावधिक गर्नुपर्ने भएकाले आरटीजीएस सञ्चालन केही समयका लागि रोकिएको हो । यो समाचार आजको आर्थिक अभियान दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस