aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

आयातमै निर्भर तिहार

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १० कार्तिक २०७६
आयातमै निर्भर तिहार

काठमाडौं  नेपालीको तिहार आयातमै निर्भर छ। तिहारका लागि आवश्यक वस्तु स्वदेशमै उत्पादन नहुँदा भारतसहित तेस्रो मुलुकबाट आयात गरिन्छ। झिलिमिली बत्ती, मिठाई, सयपत्री र मखमली फूल तथा भाइमसला तिहारमा नभइनहुने वस्तु हुन्।

यी सबै वस्तु भारतसहित तेस्रो मुलुकबाट आयात हुन्छ। यस वर्ष यस्ता वस्तु आयातमा करिब साढे दुई अर्ब बाहिरिएको छ। औपचारिक रूपमा तिहारमा दुई अर्ब ७५ करोड मूल्यबराबरका यस्ता वस्तुको कारोबार हुन्छ।

व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र (टीईपीसी) ले उपलब्ध गराएको पछिल्लो दुई महिना (साउन र भदौ) को तथ्यांकअनुसार ६१ करोड ५५ लाख मूल्यबराबरको झिलिमिली बत्ती र एक अर्ब ४६ करोड ८३ लाख रुपैयाँको भाइमसला (काजु, ओखर, बदाम, पेस्ता, किसमिस, नरिवल, छोकरा, सुपारी) आयात भएको छ।

यस्तै फ्लोरिकल्चर नेपालका अनुसार गैरपुष्प व्यवसायीले चार करोड ८० लाखको सयपत्री फूल आयात गरेका छन्। रंगोलीका लागि प्रयोग हुने रङ, कृत्रिम पुष्पको माला, मैनबत्तीका साथै सुनचाँदी, पूजा गर्ने सामग्रीको तथ्यांक यसमा समावेश छैन । यो समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस