aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

घरमा पालेको भालेले अण्डा पार्दा धादिङका सोमबहादुर प्रहरी नियन्त्रणमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १० कार्तिक २०७६
घरमा पालेको भालेले अण्डा पार्दा धादिङका सोमबहादुर प्रहरी नियन्त्रणमा

काठमाडौं । आफूले पालेको कुखुराले सानो अण्डा पार्दा खनियावास गाउँपालिका-२ झार्लाङ कलङम्रङका सोमबहादुर तामाङ प्रहरी नियन्त्रणमा परेका छन्। 

उनले पालेका कुखुराको खोरमा सधैंभन्दा सानो अण्डा भेटिएको थियो। कुखुराले सानो अण्डा पारेपछि । सोमबहादुरले छिमेकीलाई देखाए। एकले अर्कोलाई देखाउँदै गर्दा सो अण्डा भालेले पारेको र १ करोड रुपैयाँभन्दा बढी पर्ने हल्ला चल्यो। 

त्यसपछि धेरै मूल्य पाउने प्रलोभनमा सोमबहादुरले अण्डा लुकाए। त्यसको पर्सिपल्ट अण्डा गायव हुँदा उत्पन्न परिस्थितिपछि सोमबहादुरलाई प्रहरीले नियन्त्रणमा लिएको हो। 

उनले छिमेकीलाई आफूले पालेको कुखुराले पारेको अण्डा देखाउँदा भालेको अण्डा सानो हुने र त्यो बहुमूल्य हुने चर्चा सुने।१ करोडभन्दा बढीमा त्यो अण्डा बिक्री हुन्छ भन्ने हल्ला गाउँमा चलेपछि उनले अण्डाको फोटो खिचेर घरभित्रै अन्नको भकारीभित्र लुकाए। 

सदरमुकाममा रहेका आफन्तलाई भालेले पारेको अण्डा आफूसँग रहेको र ग्राहक खोजीदिन खबर पठाए। दुई दिनपछि हेर्दा अण्डा राखेको ठाउँमा भेटिएन। अण्डा हराएपछि उनले आफूले विश्वास गरेको लामा झाँक्री (गजबहादुर लामा)लाई हेराए। 

झाँक्रीले सोमबहादुरकै छिमेकी रामकुमार तामाङले चोरेर चितवन पठाएको भनिदिए। झाँक्रीले अण्डा चोरेको आरोप लगाएका रामकुमार तामाङ र सोमबहादुरको साला नाता पर्ने मंगबहादुर तामाङबीच चोरीको विषयमा सदरमुकामस्थित एक होटलमा झगडा भयो। उनीहरूको झगडापछि ‘भालेको अण्डा काण्ड’ मा प्रहरीको प्रवेश भएको हो।यो समाचार आजको अन्नपूर्ण पोष्ट्मा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस