aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

सामाजिक सुरक्षा भत्ताको दुरुपयोग, मृतकको नाममा समेत लिइयो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १० कार्तिक २०७६
सामाजिक सुरक्षा भत्ताको दुरुपयोग, मृतकको नाममा समेत लिइयो

काठमाडौं । बराहपोखरी गाउँपालिकामा मृत्यु भइसकेका र बसाइँ सरिसकेका व्यक्तिको नाममा पनि सामाजिक सुरक्षाभत्ता निकासा भइरहेको खुलेपछि छानबिन समिति गठन गरिएको छ ।

बराहपोखरी गाउँपालिका–१ बराहपोखरीमा पहिल्यै मृत्यु भइसकेका वृद्धवृदा एवं बसाइँ सरेर अन्यत्र गइसकेका वृद्धवृद्धाको लगत कट्टा नगरी समाजिक सुरक्षा भत्ता निकासा गर्ने काम भइरहेको भन्दै उजुरी परेपछि गाउँपालिका बैठकले गाउँपालिका उपाध्यक्ष गोमादेवी मगरको संयोजकत्वमा ६ सदस्यीय छानबिन समिति गठन गरेको हो । यो समाचार आजका नागरिक दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस