aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

जनप्रतिनिधिकै मिलोमतोमा बहुमूल्य ऐलानी जग्गा कब्जा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १० कार्तिक २०७६
जनप्रतिनिधिकै मिलोमतोमा बहुमूल्य ऐलानी जग्गा कब्जा

वीरगन्जै। वीरगन्ज महानगरपालिका वडा नम्बर ३० लालपर्सामा रहेको ४५ कट्ठा ऐलानी जग्गामा कब्जा गरी माटो पुर्न थालिएपछि स्थानीयले बिरोध जनाएका छन्।

युनाइटेड लजेस्टिक नेपाल (बिशाल ग्रुप)ले परवानीपुर सुक्खा बन्दरगाह बाइपास ६ लेन सडकखण्डमा करिब ८ कट्ठा जग्गा किनेको छ। त्यस जग्गा पछाडि लालपर्साको उक्त ऐलानी गौचरनको जग्गा रहेको छ।

ऐलानीपछि सोही कम्पनीको अर्को ठूलो किता जग्गा रहेको छ। आफ्नो २ वटा प्लट बिचमा पर्ने ऐलानी जग्गा कम्पनीले बलजफ्ती स्थानीय बाउन्सरको बलमा कब्जा गर्न लागेको छ।

त्यहाँका वडाध्यक्ष अमानत अन्सारीले उक्त गतिबिधिमा सघाएको स्थानीयले आरोप लगाएका छन्। वडा अध्यक्ष अन्सारीले करिब ६ महिना अगाडि नै गाउँमा सर्वपक्षीय भेला गराई उक्त ऐलानी जग्गामध्ये केही भाग कम्पनीलाई दिन प्रस्ताव गरेपछि भेलाले प्रस्ताव अस्वीकार गरेको थियो।


अहिले भने वडा समिति वा महानगरपालिकाको कार्यालयसंग बिनाकुनै बैधानिक सहमति कम्पनीका मान्छेले बलजफ्ती उक्त ऐलानी जग्गामा माटो खसाल्न थालेका छन्। स्थानीय युवाहरुले भने यसको बिरोध गरेपछि गाउँमा मुडभेडको अवस्था बनेको छ। यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस