
काठमाडौं । प्रहरीले महरागज्ज स्थिति भिआइपी जुवा खालमा छापा मारेको छ । महाराजगञ्जको होटल साम्बालाको पछाडिको घरमा जुवाको खाल चलिरहेको सूचना पाएपछि प्रहरीले छापा मारि जुवा खेलिरहेका २५ जनालाई पक्राउ गरेका प्रहरीले जनाएको छ ।
झापा सञ्चालनमा आएको मेची क्राउन प्लाजाका सञ्चालक पवित्रा कुमार कार्की र बलराम सापकोटा पनि उक्त जुवाको खालबाट पक्राउ परेका छन् । प्रहरीले आइतबार बिहान करिब २ बजेतिर छापा परेको प्रहरीले जनाएको छ । उक्त जुवा तथा मिनि क्यासिनोको झल्को दिने उक्त जुवा खालमा उच्च व्यापारिक घराना र प्रतिष्ठित भनिएका व्यक्तिहरु पनि लाखौं रकम दाउमा राखेर जुवा खेलिरहेका थिए ।
दुई करोड सरसठ्ठी लाख, बैंक अफ काठमाण्डूको ३ लाख रुपैयाँ, चेक थान १, ३२ थान कौडा र ४ बुक तास सहित २५ जना जुवाडेहरुलाई पक्राउ गरि जुवा ऐन अन्तर्गत मुद्धा चलाउन महानगरीय प्रहरी वृत्त, महाराजगंज काठमाण्डौबाट थप अनुसन्धान कार्य भई रहेको प्रहरीले जनाएको छ ।
उक्त जुवा खालबाट प्रहरीले दुई करोड ६७ लाख नगद, बैंक अफ काठमाडौंको ३ लाखको चेक एक थान, ३२ थान कौडा, ४ बुक तास बरामद गरेको छ । पक्राउ पर्नेमा भाङ्गीका बुद्ध लामा, मुक्ति लामा, पवन अग्रवाल, सुमन अग्रवाल, कृष्ण भण्डारी,राम तामाङ्ग, सिताराम खड्का, अशोक श्रेष्ठ,श्यामप्रसाद पराजुली,रञ्जन राजबंशी, विक्रम गौतम, प्रदीप बोगटी, नवाङ्ग लामा, धावा लामा, बलराम सापकोटा, रोशन तामाङ्ग, राम कृष्ण के.सी., ईन्द्र श्रेष्ठ, प्रेम थापा मगर, सोहेल कार्की, सुमन गुरुङ्ग, शोवित सिलवाल, पवित्रकुमार कार्की, शम्भु बुढाथोकी र शम्भु शेर्पा रहेका छन् ।
प्रतिक्रिया दिनुहोस