
काठमाडौं । काठमाडौं महानगरपालिका(३ महाराजगंज पिपलमार्ग बस्ने ३० वर्षीय बिक्रम गौतमको घरमा जुवातास खेलिरहेको अवस्थामा बिक्रम गौतम समेत २५ जनालाई नगद २ करोड ६७ लाख रुपैयाँ, ३२ थान कौडा, ४ बुक तास र बैंक अफ काठमाडौंको ३ लाख रुपैयाँको चेक १ थान सहित आइतबार बिहान प्रहरीले पक्राउ गरेको जनाएको छ ।
यसैगरी काठमाडौं महानगरपालिका-३२ जडिबुटी पाल्पाडाँडामा रहेको टहरामा जुवातास खेलिरहेको अवस्थामा काठमाडौं महानगरपालिका-३२ बस्ने ४४ वर्षीय सिताराम सिलवाल समेत ६ जनालाई नगद ५६ हजार रुपैयाँ र ३ बुक तास सहित आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
यसैगरी काठमाडौं महानगरपालिका(३२ नरेफाँट बस्ने ४५ वर्षीय बाल कुमार तामाङको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने २६ वर्षीय सविन थापा समेत ९ जनालाई नगद १६ हजार रुपैयाँ र १ बुक तास सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
यसैगरी काठमाडौं महानगरपालिका-२८ बागबजार डेरा गरी बस्ने भारत विहार घर भएका २० वर्षीय विकाश कुमारको कोठामा तास खेलिरहेको अवस्थामा विकाश कुमार समेत ४ जनालाई नगद १ हजार ८ सय २५ रुपैयाँ र १ बुक तास सहित आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
बाजुरा, बुढिनन्दा नगरपालिका(८ पाण्डुसैन बस्ने २४ वर्षीय उब्जन रावतको पसलमा जुवातास खेलिरहेको अवस्थामा उब्जन राउत समेत १४ जनालाई नगद ७६ हजार ४ सय ३० रुपैयाँ र १ गड्डी तास सहित शनिबार प्रहरीले पक्राउ गरेको छ ।
कास्की, पोखरा महानगरपालिका-६ पहारी मार्गस्थित होटल क्रिष्टल प्यालेसमा जुवातास खेलिरहेको अवस्थामा होटलका संचालक २९ वर्षीय छबी पौडेल समेत ९ जनालाई नगद १० लाख ५८ हजार ५ सय १० रुपैयाँ र १ बुक तास सहित शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।
दाङ, घोराही उपमहानगरपालिका-८ बेलुवा बस्ने २६ वर्षीय सन्तोष कोरीको घरमा तास खेलिरहेको अवस्थामा सन्तोष कोरी समेत १२ जनालाई नगद ३५ हजार ६ सय ३० रुपैयाँ र १ बुक तास सहित आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
पाल्पा, रिब्दिकोट गाउँपालिका-७ डवका बस्ने हुम बहादुर कुँवरको घरमा कौडा खेलिरहेका अवस्थामा तानसेन नगरपालिका(२ बस्ने ४४ वर्षीय अमन श्रेष्ठ लगायत १३ जनालाई नेपाली नगद ५ लाख ४५ हजार ८ सय ५५ रुपैयाँ र भारतीय २ हजार ५ सय २० रुपैयाँ सहित आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस