aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

जुवातास खेलिरहेको अवस्थामा १ सय २ जना पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १२ कार्तिक २०७६
जुवातास खेलिरहेको अवस्थामा १ सय २ जना पक्राउ

काठमाडौं । देशका विभिन्न स्थानमा जुवातास खेलिरहेका १ सय २ जनालाई प्रहरीले प्रक्राउ गरेको छ । भक्तपुर, सूर्यविनायक नगरपालिका-७ गुण्डु बस्ने रामचन्द्र खतिवडाको घरमा जुवातास खेलिरहेको अवस्थामा खतिवडा समेत ८ जनालाई नगद २ लाख ३७ हजार ५ सय रुपैयाँ र २ बुक तास सहित सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । 
    
यसैगरी भक्तपुर, चाँगुनारायण नगरपालिका-९ ताथली बस्ने ३८ वर्षीय तिर्थराम माकाजुको घरमा तास खेलिरहेको अवस्थामा माकाजु समेत  ६ जनालाई नगद ६३ हजार ३ सय ४२ रुपैयाँ र ३ बुक तास  सहित सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।  


गुल्मी, गुल्मीदरवार गाउँपालिका(७ गलाम बस्ने लिल सिंह अधिकारीको घरमा जुवातास खेलिरहेको अवस्थामा रेसुङगा नगरपालिका-१२ बस्ने २५ वर्षीय सन्तोष टण्डन लगायत १७ जनालाई नगद २ लाख ८२ हजार ४ सय २२ रुपैयाँ सहित सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । 
    
वर्दिया, राजापुर नगरपालिका-१ बस्ने  गुरिलाल थारुको घरमा जुवातास खेलिरहेको अवस्थामा २२ जनालाई नगद ४५ हजार ७ सय १९ रुपैयाँ र २ बुक तास सहित सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
    
यसैगरी वर्दिया, बाँसगढी नगरपालिका(९ बस्ने मोहन खत्रीको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-३ बस्ने प्रताप थारु लगायत ९ जनालाई नगद ८३ हजार ४ सय ५ रुपैयाँ र ६ बुक तास सहित सोमबार बिहान प्रहरीले पक्राउ गरेको   छ ।
    
चितवन, खैरहनी नगरपालिका(१ सिमलघारीस्थित कौडा खेलिरहेको अवस्थामा खैरहनी नगरपालिका(१ बस्ने ३८ वर्षीय अर्जुन डल्लाकोटी लगायत २० जनालाई नगद १ लाख ९१ हजार ८ सय ४५ रुपैयाँ र १६ थाब कौडा सहित सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । 

यसैगरी चितवन, भरतपुर महानगरपालिका-१४ महेन्द्र चोकस्थित महिनी पाटी प्लेसमा कौडा खेलिरहेको अवस्थामा सोही महानगरपालिका-८ बस्ने ४२ वर्षीय कुल बहादुर भुजेल लगायत १२ जनालाई नगद ३ लाख ८४ हजार १ सय रुपैयाँ र १६ थान कौडा सहित सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । 

दाङ, लमही नगरपालिका(५ लमहीबजार बस्ने ४८ वर्षीय रत्न प्रसाद श्रेष्ठको घरमा कौडा खेलिरहेको अवस्थामा रत्न प्रसाद श्रेष्ठ लगायत ८ जनालाई नगद ६ लाख ७८ हजार ५ सय रुपैयाँ, १६ गड्डी तास र ३२ थान कौडा सहित सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । 
यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
 

प्रतिक्रिया दिनुहोस