aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

नेपालमा भित्रियो बर्डफ्लु, काभ्रेका एक युवकको मृत्यु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १९ बैशाख २०७६
नेपालमा भित्रियो बर्डफ्लु, काभ्रेका एक युवकको मृत्यु

काठमाडौं, वैशाख १९ । पन्छीबाट लाग्ने रोग बर्डफ्लुबाट नेपालमा पहिलोपटक एक युवकको ज्यान गएको बताइएको छ । परिचय नखुलाइएका काभ्रेका २१ वर्षीय ती युवक चैत १० गते ज्वरो र खोकीको समस्या भएपछि अस्पताल पुगेका थिए । उनको चैत १५ गते मृत्यु भएको थियो । उनको र्याल टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो। त्यहाँ पुष्टी नभएपछि जापान पठाइएको र जापानी प्रयोगशालमा परीक्षण गर्दा एच फाइभ एन वान भाइरस भएको पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
 

प्रतिक्रिया दिनुहोस