aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

सप्तरीमा अजिङ्गर भेटियो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १३ कार्तिक २०७६
सप्तरीमा अजिङ्गर भेटियो

सप्तरी । सप्तरी जिल्लामा लोपोन्मुख प्रजातिको अजिङ्गर फेला परेको छ । हनुमाननगर कंकालिनी नगरपालिका–१२ कोशी बाँधमा गए राति १५ किलोको अजिङ्गर फेला परेको हो । 

प्रहरी नायब उपरीक्षक तिलक भारतीका अनुसार स्थानीयवासीले कोशी बाँधमा अजिङ्गर देखेपछि नजिकैको इलाका प्रहरी कार्यालय हनुमाननगरलाई खबर गरेका थिए । प्रहरीले अजिङ्गर नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय हनुमाननगरमा राखेका छन् । यसअघि शनिबार तिलाठी कोइलाडी गाउँपालिका–१ तिलाठीमा करीब सात फिट लामो र  १२ किलो तौल भएको अजिङ्गर फेला परेको थियो । 

प्रतिक्रिया दिनुहोस