aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

भारतीय विमान कम्पनीले किन्यो नयाँ विमान

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १३ कार्तिक २०७६
भारतीय विमान कम्पनीले किन्यो नयाँ विमान

एजेन्सी । भारतीय विमान कम्पनी इण्डिगोले ३०० ए ३२० नियो फेमिली विमान खरिद गर्न अर्डर दिएको छ । एअर बस कम्पनी विमानमा यसका साथै ३२१ निया र ३२१ एक्सएलआर विमान पनि खरिद गर्ने भनिएको छ ।   

नयाँ विमान खरिदपछि भारतीय विमान कम्पनीमा नयाँ आयाम थपिने विमान कम्पनीका प्रमुख कार्यकारी अधिकृत रोनोजाँय दत्तले बताए । यसबाट भारतमा हावाइ सम्पर्क वृद्धि भइ भारतको अर्थतन्त्रमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

एक्सएलआर विमान अन्य विमानको तुलतामा ४७०० एनएम बढी रेञ्जसम्म दुरी पार गर्न सक्छ । साथै अन्य विमान भन्दा ३० प्रतिशत इन्धन कम खपत गर्ने बताइएको छ ।  
 

प्रतिक्रिया दिनुहोस