aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

हलेसीमा बस दुर्घटना हुँदा १४ घाइते

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १३ कार्तिक २०७६
हलेसीमा बस दुर्घटना हुँदा १४ घाइते

खोटाङ । दिक्तेलबाट विराटनगर जाँदै गरेको बस दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । को१ख ६२२० नम्बरको बस सडक भन्दा करिब ५० मिटर तल खसेको छ । 

हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेस्थित कामीडाडाँमा बुधबार बिहान करिब पाँच बजेर बीस मिनेट जाँदा दुर्घटना भएकाे हाे । 

 

घाइतेहरुको दिक्तेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएकाे छ । घाइते १४ मध्ये दुईजना भने सामान्य घाइते छन् । चालक जेवी तामाङ फारार रहेको प्रहरी नायव उपरीक्षक वामदेव गौतमले बताए । घाइतेहरुको नाम खुल्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस