
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या आएपछि अस्पताल लगिएको छ । प्रधानन्त्री ओलीको स्वास्थ्यमा समस्या आएपछि उनलाई ग्राण्डी अस्पताल लगिएको हो ।
यसअघि कात्तिक १ गते पनि प्रधानमन्त्री ओलीको ग्राण्डी अस्पतालमा दिनभर लगाएर स्वास्थ्य जाँच गरिएको थियो । सिंगापुरमा उपचार गराए आएपछि कात्तिक १ मा ओलीको पहिलोपटक ग्राण्डी अस्पतालमा फलोअप गरिएको थियो ।
प्रधानमन्त्री ओली उपचारका लागि बुधबार बिहान ९ बजे ग्राण्डी अस्पताल पुगेका हुन्। नियमित स्वास्थ्य परीक्षणको क्रममा ग्राण्डी गएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले बताए।
बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री ओलीले मंगलबार नै अस्वस्थ महसुस गरेका थिए। उनका निजी चिकित्सकले हेरिरहेका थिए। आज अप्ठ्यारो महसुस गरेपछि धापासीस्थित ग्रान्डी ईन्टरनेस्नल अस्पताल भर्ना गरिएको हो।
प्रधानमन्त्री ओलीलाई बिहानै ग्रान्डी अस्पताल लगिएको हाे। उनकाे अहिले आईसीयूमा राखेर उपचार भइरहेको अस्पतालले जनाएको छ।प्रधानमन्त्रीलाई के भएको हाे भन्ने खुलाईको छैन।
यस अघि प्रधानमन्त्री ओलीकाे सिंगापुरमा उपचार गरिएकाे थियाे। उनकाे १२ वर्ष अघि मिर्गाैला प्रत्याराेपण गरिएकाे थियाे।
मिर्गौला सम्बन्धी समस्याको उपचार गर्न प्रधानमन्त्री ओली पछिल्लो पटक भदौं ५ गते सिंगापुर गएका थिए ।
त्यहाँ उनको ‘प्लाज्मा फेरेसिर’ गरिएको थियो । ओलीको मिर्गौलामा ‘एन्टीबडी’ को मात्र बढेपछि प्लाज्मा फेरेसिस गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस